२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

सिरहा सेवा समिति कतारद्वारा वृहत् इफ्तार कार्यक्रम सप्पन्न

दोहा, कतार- सिरहा सेवा समिती कतारले ईस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमजानको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा बृहत ईफ्तार कार्यक्रम सम्पन्न गरेको छ ।

समितिका अध्यक्ष जिबछ यादवको सभापतित्व तथा नेपाली राजदुतावास कतारका द्वितीय सचिव प्रविण भट्टराईको प्रमुख आतिथ्य एवं नेपाली जनसम्पर्क समिति कतारका अध्यक्ष माेहम्मद अजिल अलिको विशिष्ट आतिथ्यमा सनैया स्थिति एसियन टाउनको ग्रेट एसियन रेस्टुरेन्टमा शनिवार सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी भट्टराईले कतारमा सिरहा सेवा समितिको नाममा दुईवटा संस्था भएकोले सकेसम्म दुबै ग्रुप मिलेर एउटा बनाउन आग्रह गरे। विभिन्न जात, धर्म, समुदाय,भूगोलका बीचमा भाइचाराको सम्बन्ध बनाइ राखेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए । एनआरएनए आइसिसी प्रतिनिधि लगायत विभिन्न जिल्ला प्रदेश तथा सामुदायिक संस्थाका प्रतिनिधि र अध्यक्षहरूले शुभकामना मन्तव्य राखेका थिए ।

मौलाना गुरुहरुबाट कुरान पाठ गरि सुरु गरिएकाे कार्यक्रममा संस्थाका विभिन्न पदाधिकारीहरुले स्वागत गरेका थिए ।उक्त कार्यक्रम सल्लाहकार तेजिलाल मण्डलले संचालन गरेका थिए।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस