२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

नेपाली दूतावाससँग नेपाल पत्रकार महासंघ कतार शाखाको औपचारिक भेटघाट

-श्रमिक हितका साथै समसामयिक विषयमा छलफल

दोहा– नेपाल पत्रकार महासंघ कतार शाखाले आज ( अप्रिल २४ २०२२ , आइतबार ) नेपाली दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनाल सँग भेटघाट गरेको छ ।

नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ, उपाध्यक्ष दिलकुमार श्रेष्ठ , सचिव ढाकाराम पौडेल (अर्जुन) सहसचिव दिलिप पराजुली , कार्यसमिति सदस्य खेम सुवेदी , सल्लहाकार क्रान्ति सिंह , सल्लहाकार रामप्रसाद पराजुली, अनुशासन बिभाग संयोजक दिप जङ्ग शाह लगाएतको टोलीले विशेष भेट मार्फत कार्यसमितिका पदाधिकारीहरुको विवरण साथै ज्ञापन पत्र नेपाली दूतावासका कार्यबाहक राजदूत लक्ष्मण खनाललाई हस्तान्तरण गरेको हो ।

भेटघाट कार्यक्रममा नेपाली दुताबासका द्वितीय सचिव प्रविण भट्टराई साथै सहचारी सन्दिप सापकोटाको पनि उपस्थिति रहेको थियो l
उक्त कार्यक्रममा महासंघका सचिव पौडेलले हस्तान्तरित ज्ञापनपत्र पढेर सुनाएका थिए भने अध्यक्ष मियाँले ज्ञापन पत्र माथि प्रकाश पार्दै नेपाली नियोगको साथ र सहयोग एवं सहकार्यको लागि अनुरोध गरेका थिए l

भेटघाट कार्यक्रममा बोल्दै खनालले नेपाल पत्रकार महासंघ कतार शाखाले कतारमा रहेका पत्रकारहरु यसरी एउटै दायरामा आएर नेपाली समुदायमा सूचना सम्प्रेषणमा खेलेको भूमिकाको प्रशंसा गर्दै समाजलाई सचेत गराउने खालको कार्य गर्दै कतारको नियम कानुनको परिधिमा रहेर कलम चलाउन आग्रह गरेका थिए । खनालले प्राप्त ज्ञापन पत्रमा लेखिएका श्रमिकका समस्याहरुमा ध्यानाकर्षण रहेको समेत बताएका थिए l आफु रास्ट्रसेवक कर्मचारी भएको कारण सरकारको नियम कानुन भित्र रहेर कतारमा रहेका श्रमिकका समस्या समाधानमा अहोरात्र खटिरहेको बताएका थिए l

कार्यक्रममा नेपाली दूतावास बाट प्रकाशित सूचनाहरुलाई सर्वसाधारणले बुझ्न सजिलो हुने गरी समचार सम्प्रेषण गरेमा सम्पूर्ण कतारमा रहेका नेपालीहरू लाभान्वित हुने बारे छलफल भएको थियो दूतावासका सूचनाहरू समस्या देखाउन भन्दा पनि समस्या समाधानमा केन्द्रित हुने सूचना प्रमुख तथा द्वितीय सचिव भट्टराईले बताएका थिए l

प्रकाशित मिति : २०७९ बैशाख १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस