२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

थारु कल्याणकारी सभाले मनायो जितिया पर्व

दोहा – थारु कल्याणकारी सभा कतार च्यापटरले जितिया पर्वको अवसरमा शुभकामना अदान प्रदान तथा संस्कृतिक कार्यक्रम सप्पन्न गरेका छन।
थारू महिलाहरुको महान् पर्व जितिया पर्वको अवसरमा दोहा स्थित सालिमार रेस्टुरेन्टको सभा हलमा शुक्रबार शुभकामना अदानप्रदान कार्यक्रमको आयोजना गरी मनाएका हुन् ।    जितिया पर्व तराईमा मनाइने साँस्कृतिक पर्वमध्येको एउटा मुख्य पर्व हो। यसलाई आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तराईमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ। पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ।

कतारमा बसोबास गर्ने थारु समुदायका युवाहरुको सक्रियतामा जातीय पहिचानको संरक्षण प्रवर्द्धन शैक्षिक आर्थिक समाजिक उत्थान हाम्रो समपर्ण भन्ने मुल नाराका साथ २००८ मा स्थापना गरेको थारु कल्याणकारी सभा कतारले उक्त कार्यक्रमको आयोजना गरेको थियो।
थारु महिलाहरुले परम्परागत पहिरनमै सजिएका थिए। ‘कार्यक्रममा थारु दिदीबहिनीहरु आफ्नै मौलिक थारु पोषाक र गहनामा सजिएर आउनुभएको थियो। कार्यक्रममा झाम्टा नृत्य तथा साँकृतिक प्रस्तुतिहरु गरिएको थियो।

संस्थाको महिला विभागकी संयोजक पार्वती थापाको सभापतित्वमा सप्पन्न भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुषोतम सुनुवार रहेका थिए ।गैरआवासीय नेपाली संघ,समन्वय राष्ट्रिय परिषद कतारका उपाध्यक्ष प्रेम चलौने,समाजसेवी मनिष यादव,थारु कल्याणकारिणी सभा कतार च्याप्टरका .सभापति  श्यामलाल चौधरी,थारु कल्याणकारिणी सभा कतार च्याप्टरका संरक्षक – ई. सिताराम चौधरी,समाजसेवी तथा बुद्धिजीवी:  कमलमणि गुरागाई,थारु कल्याणकारिणी सभा कतार च्याप्टरका विशेष सल्लाहकार : ई. अन्जनी पंजियार, थारु कल्याणकारिणी सभा कतार च्याप्टरका संयोजक सल्लाहकार, नेपाल आदिवासी जनजाति महासंघ कतारका सलाहकार तथा पूर्व अध्यक्ष  सियाराम चौधरी,सांस्कृतिक संयोजक  अरुण चौधरी ,आर्थिक संयोजक ओम नारायण चौधरी ,कार्यक्रम संयोजक  शंकर महतो लगायत संस्था पदाधिकारी तथा सम्पूर्ण सद्स्य एव विभिन्न संघ संस्थाका प्रमुख एव प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

विधिवत रुपमा सुरु गरेको कार्यक्रमा प्रमुख अतिथि सुनुवारले यसरी प्रवासमा जितिया मनाउदा सम्पूर्णम शुभकामना व्यक्त गरेका थिए।संस्थाको उपाध्यक्ष हरि महतोले सहजीकरण गरेका थिए।

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस