२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

कतारमा दोस्रो सी एफ सी खुल्ला नकआउट फुटबल प्रतियोगिता जारी

दोहा। जागरूक नेपाली खेलाडी युवाहरूले स्थापना गरेको कलेक्सन फुटबल क्लब ( CFC ) कतारले आयोजना गरेको दोस्रो सी.एफ.सी. खुल्ला नकआउट फुटबल प्रतियोगिता कतारमा जारी रहेको छ l गत सेप्टेम्बर २ तारिक बाट सुरु भएको प्रतियोगिता क्वाटर फाइनलको चरणमा पुगेको छ l

गत शुक्रवार राति भएको सिएफसि रेड र हिप्पिज ब्रो क्लब बिचको खेलमा १-१ गोल गर्दै बराबरीमा रोकिए पछि टाई ब्रेकरमा पेनाल्टी सुट आउट मार्फत २-४ गोलको अन्तरले हिप्पिज ब्रो टिम विजय भएको छ । खेलको म्यान अफ दि म्याच हिप्पिज ब्रो टिमका गोल किपर साज अर्याल भएका थिए l

शुक्रवार राति नै भएको पेट्रो र क्यु एन एफ सी बिचको खेलमा ५ गोलको फराकिलो अन्तरले हराउँदै पेट्रो एफसिले जित निकालेको थियो । खेलमा पेट्रो एफ् सी को तर्फ बाट सागर के.सी. २, आर्यन थापा २ र सन्जोग खड्काले १ गोल गरेका थिए । उक्त खेल को म्यान अफ दि म्याच आर्यान थापा घोषित भएका थिए। प्रतियोगिताको विजेता टिमलाई नगद क.री पचपन्न सय पचपन्न, दित्तीय पुरुष्कार तेत्तिस सय तेत्तिस, सर्वोत्कृष्ट खेलाडीहरू लाई ट्रफी तथा सम्मान पत्रद्वारा सम्मान गरिने क्लबका अध्यक्ष देव नारायण चौधरीले हामीलाई  जानकारी दिए l फाइनल खेल दसैँ र तिहारको बिचमा गरिने भएको छ l प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो l

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस