२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

कतार च्यारिटीद्वारा नेपाली विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

दोहा – कतारको परोपकारी संस्था कतार च्यारिटी द्वारा नेपाली समुदायका कतारमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।

च्यारिटीद्वारा गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारलाई प्राप्त शैक्षिक सामाग्री कतारमा अध्ययनरत ५४ जना नेपाली विद्यार्थीहरूलाई वितरण गरिएको एनसीसी कतारले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

च्यारिटीद्वारा सोमबार प्राप्त ६५ सेट डेस्कटप कम्प्युटर (सिपियू मनिटर, किबोर्ड र माउस) सोमबारनै एनसीसीद्वारा ५४ विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको हो।

११ जना विद्यार्थीहरूको ११ वटा कम्प्युटरसेट भने उक्त विद्यार्थीहरू कतार बाहिर रहेका कारण पछी हस्तान्तरण गरिने एनसीसीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस