२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

दोहा नगरपालिकाद्वारा कतारमा रहेका एसियाली समुदायका लागी सचेतना कार्यक्रम सम्पन्न

दोहा :दोहा नगरपालिकाले कतारमा रहेका एसियाली समुदायका प्रतिनिधिहरुसंग नगरपालिकाको कानुन र नियम बारे सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
आउदै गरेको फिफा बिश्वकपका लागि कतार सरकारको नगरपालिका मन्त्रालयले कतारमा लागू गरेको नयाँ नियमहरुका बारेमा एसियाली समुदायका प्रतिनिधिहरुसंग सचेतना कार्यक्रम सम्पन्न गरेको हो।
दोहा नगरपालिकाका निर्देशक श्री मन्सुर अजरान अल बुवाईनको उपस्थितिमा आयोजित सचेतना कार्यक्रम दोहा नगरपालिकाले गृह मन्त्रालयको जनसम्पर्क विभागको सहयोगमा सम्पन्न गरेको नगरपालिकाले एक बिज्ञप्ती मार्फत जनाएको
छ ।

सचेतना कार्यक्रममा सार्वजनिक स्थलमा फोहोर नफाल्न,तोकिएको ठाउँमा मात्र फोहोर फाल्न,सवारी साधन तोकिएको ठाउमा मात्र पार्क गर्न, घरको छतमा कपडा नसुकाउन,घरबाट निस्केका फोहोरहरु जथाभावी नफाल्न, ठुलाे परिमाणमा फोहर भएमा १८४ मा सम्पर्क गरि नगरपालिकालाई जानकारी गराउन,नगरपालिकाको स्वीकृति बिना बनाएका टहराहरुमा नबस्न आग्रह गरिएको थियो।
नगरपालिकाले विभिन्न नयाँ नियमका बारेमा जानकारी गराउदै यस्ता गतिविधि गरिएको पाइएमा १० हजार कतारी रियल जरिवाना हुने समेत जानकारी गराउदै कतारको नियम कानुनलाई पालना गरि अधिकतम जरिवाना हुन् बाट बच्न समेत एसियाली समुदायका प्रतिनिधिहरुसंग अनुरोध गरेको छ l

समुदायका प्रतिनिधिहरूले मन्त्रालयको प्रयासलाई समर्थन गर्न र नगरपालिकाको कानूनको नियमका बारेमा आफ्नो समुदायमा जानकारी गराउन तयार रहेको बताएका थिए।

प्रकाशित मिति : २०७९ असोज १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस