२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

कतारमा रहेको उम्म अल सेनीम पार्कलाई गिनिज वल्र्ड रेकर्डको उपाधि

दोहा: कतारमा रहेको उम्म अल सेनीम पार्कलाई गिनिज वल्र्ड रेकर्डको उपाधि प्रदान गरिएको छ।
सबैभन्दा लामो वातानुकूलित पैदल हिड्ने ठाउ,खुला पार्क, बाटोको लागि आधिकारिक रूपमा मङलबार गिनिज वल्र्ड रेकर्डको उपाधि प्रदान गरिएको हो।
११४३ मिटर सबैभन्दा लामो पैदल र दौडने बाटो रहेकाले गिनिज वल्र्ड रेकर्ड प्राप्त गर्न सफल भएको हो।
उम्म अल सेनीम पार्कमा ८८,४०० वर्गमिटरको हरियो ठाउँ, ९१२ रूख, १,१३५ मिटर साइकल मार्ग, १,१४३ मिटर पैदल र दौडने बाटो, फिटनेस उपकरणले तयार पारिएको ३ वटा व्यायाम गर्ने क्षेत्र, २ वटा बालबालिका खेल्ने ठाउँ र ४० वटा साइकल स्ट्यान्ड रहेका छन।

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस