२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

एनसिसि कतारद्दारा राजदूतावासका द्दितिय सचीव भट्टराईलाई सम्मान सहित बिदाई

दोहा-गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारले नेपाली राजदुतावास कतारका द्दितिय सचीव प्रवीण भट्टराईलाई सम्मान सहित बिदाई गरेको छ।

आफ्नो चार बर्षको कार्यकाल सकेर नेपाल फर्कन लागेका भट्टराईलाई दूतावासमा रहदा नेपाली समाजमा पुर्याएको योगदानको उच्च सम्मान गर्दे शुक्रबार एक कार्यक्रमका बीच बिदाई गरेको हो ।

सम्मान ग्रहण गर्दे द्दितिय सचीव प्रवीण भट्टराईले दूतावास वाट सेवा प्रवाह गर्ने क्रममा कानुनी रुपमा भएका जटिलतालाई सहज बनाउने कोसिस गरेको बताए।

पासपोर्ट सहज रुपमा उपलब्ध गराउने कतार स्थित दूतावासको पहिलो प्राथमिकता रहेको भन्दै भट्टराईले यसको लागि आफुले इमानदार पुर्वक सकेको प्रयास गरेको बताए।

अन्य देश भन्दा गल्फ बिशेष रहेको भन्दै उहाँले एनसीसी कतारले कतारमा रहेका स्थापित संघ/सस्थाको नेतृत्व गर्दै उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे । साथै उनले परराष्ट्रमा सेवा गर्ने क्रममा थुप्रै देशमा रहदा परिवार संगै रहेपनी कतारमा रहदा आफुले परिवार बाट अलग रहेर कसरी बस्ने भन्ने कुरा सिकेको बताए ।

भट्टराईले एनआरएनमा देखिएको विवाद तर्फ इन्कित गर्दै समान उदेश्य भएका सस्था एक भएर अगाडि बस्नुनै उत्तम रहेको सुझाव दिए ।

कार्यक्रममा एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले द्दितिय सचिव भट्टराईले कोभिडको कठिन समयमा राहत सामाग्री बितरण देखी रेस्कु फलाईट लाई सहज बनाउन देखाएको सक्रियता उच्च प्रशसनिय रहेको बताए। मुसलमानले भट्टराईले दूतावासमा रहेर एनआरएनए लगाएत कतारमा स्थापित सम्पुर्ण सामाजिक सस्थालाई अमुल्य सल्लाह सुझाव प्रदान गरेको भन्दै उनलाई कतार स्थित नेपाली समुदायले सदैव सम्झने बताए ।

कार्यक्रममा आइसिसी सह-कोषाध्यक्ष होमनाथ शर्मा, मध्य पुर्व सह-संयोजक केवि हमाल, आईसीसी सदस्य नरेश श्रेष्ठ, तेज कटुवाल र एनसिसी कतारका सल्लाहकार मनिष यादवले द्दितिय सचिव भट्टराई दूतावासमा रहदा दूतावासमा निश्चित ब्यक्तिको पहुँच हुने परम्परा तोडदै सबैको पहुचमा ल्याउन महत्वपुर्ण भुमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।

गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष जैवि चाम्लिङ राईले र सन्चालन महासचिव पदम गिरिले गरेका थिए ।

प्रकाशित मिति : २०७९ पुष २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस