२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

काठमाडौ म्युजिकल ब्यान्ड कतारको सांगितिक कार्यक्रम भब्य रूपमा सम्पन्न

दोहा-काठमाडौ म्युजिकल ब्यान्ड कतारले नयाँ बर्ष २०२३को  शुभकामना आदनप्रदान सहित सांगितिक कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको छ।

काठमाडौ म्युजिकल ब्यान्डले ‘कलाकार आकस्मिक कोष निर्माण सहयोगार्थ’आफ्नो दोस्रो प्रस्तुति अन्तरगत नयाँ बर्ष २०२३ को शुभकामना आदनप्रदान सहित सांगितिक कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको हो।

काठमाडौ म्युजिकल ब्यान्ड कतारका अध्यक्ष नाजिर रहमानको साभापतित्वमा भएको कार्यक्रम ब्यवसायी तथा समाजसेबी उतम गुरुङको प्रमुख आतिथ्यमा सप्पन्न भएको थियोे।

राष्ट्रिय गान बाट सुरु कार्यक्रममा  नेपाली महिला समाज कतारका बालकलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए।

ब्यान्डले एक घन्टाको लाइभ कन्सर्टमा आठ ओटा गित प्रस्तुत गरेको थियो।

कार्यक्रममा नेपालि संस्कृती झल्काउने नृत्यहरु प्रस्तुत गरिएको थिए साथै कलाकार हरुले मैथली तथा भोजपुरी गित पनि प्रस्तुत गरेका थिए।


कार्यक्रममा क्यु एन डान्स ग्रुपका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्ण सहयोगी,कलाकार,मिडिया, प्रायोजक,सह प्रायोजक, स्वयंसेवक,सहयोगी संस्था तथा ब्यक्तीहरु लाई सम्मान गरिएको  थियो।

रास्ट्रीय लोक तथा दोहोरी गित प्रतिस्ठान कतार शाखाका कलाकार हरुले प्रत्यक्ष दोहोरी पनि प्रस्तुत गरेको कार्यक्रममा स्वागत कार्यक्रम सयोजक रोशन अर्याल र कार्यक्रमको संचालन सचिव कविता खत्री र सदस्य भानु शर्माले गरेका थिए।

प्रकाशित मिति : २०७९ पुष २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस