२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

“ल्होछार कन्सर्ट”का लागि मंगोलियन हर्ट राजु लामा कतार आउदै

साथमा काठमान्डौ म्युजिकल ब्याण्डको दमदार प्रस्तुति

दोहा-सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ कतार शाखाको आयोजनामा हुने “ल्होछार कन्सर्ट”का लागि मंगोलियन हर्ट राजु लामा कतार आउने भएका छन।

तामाङ घेदुङको केन्द्रिय कार्यालय निर्माणको सहायोगार्थ हुन गहिरहेको “ल्होछार कन्सर्ट”मा लामा संगै चर्चित लोकदोहोरी तथा गायिका मनमाया वाईवा र  तामाङ सेलो गायिका रेश्मा बम्जन तामाङ  पनि कतार आउदै छन।

“साेनाम ल्हाेछार-२८५९ लाई भव्य रुपले सफल पाराैं”ग्रेन गे दिम खरिदकाे लागि आर्थिक अभियान पूरा गराैं” भन्ने उदेश्यका साथ २७ जनवरी २०२३ शुक्रबारका दिन  ओशिस विच क्लवमा हुने कार्यक्रममा कतारको चर्चित काठमान्डौ म्युजिकल ब्याण्डकाको पनि दमदार प्रस्तुति रहनेछ।

कार्यक्रममा कतारमा स्थापित सामाजिक,वैचारिक तथा जातीय संघ संस्थाका प्रतिनिधि,पत्रकार, बुद्धिजीवी,समाजसेवी,व्यवसायी लगायत नेपाली दाजुभाइले तथा दिदीबहिनीहरुलाई उपस्थित भई दिन तामाङ घेदुङ कतार शाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९ माघ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस