२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

बाग्लुङ सेवा समाज कतारद्वारा रक्तदान कार्यक्रम सप्पन्न

दोहा-बाग्लुङ सेवा समाज कतारले रक्तदान कार्यक्रमको सप्पन्न गरेको  छ।

समाजले नेपाली रक्तदाता संघ कतारको समन्वय रक्तदान कार्यक्रम  सप्पन्न गरेको हो।

शुक्रबारका हमाद अस्पतालको ब्लड डाेनर सेन्टरमा भएको कार्यक्रम ५१ जनाले रक्तदान गरेको बाग्लुङ सेवा समाज कतारका अध्यक्ष सन्तोष पौडेलले जानकारी दिएका छन ।

कार्यक्रममा कतारमा स्थापित संघसस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायत १ सय १५ जनाको उपस्थिति रहेको पौडेलले जानकारी दिए ।

बिहान ८ बजे देखि सुरु भएको कार्यक्रम १ बजे सम्म चलेको थियो।

“बाग्लुङ बासीको चाहाना शान्त समृद्ध स्वदेशको कामना”भन्ने मुल नाराका साथ २००५ का कतारमा स्थापना भएको समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस