दोहा-दोहाको नेपाली समाजमा आफ्नो बेग्लै छाप छाड्न सफल सामाजिक सस्था मोरङसुनसारी सेवा समाज कतारले आफ्नो २३औं स्थापना दिवस भर्चुअल माध्यम बाट सम्पन्न गरेको छ ।
मोरङसुनसारी सेवा समाज कतारका अध्यक्ष भिम बाराईलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको मोसु केन्द्रिय अध्यक्ष टेकनाथ बरालको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा मोसु नेपालका पुर्व अध्यक्ष तथा पदाधिकारि, मोसु कतारका पुर्व अध्यक्ष्हरु, प्रवास सम्योजक्,मोसु कतारका मानार्थ सदस्यहरु तथा मोसु प्रवास शाखा हरुको बाक्लो उपस्थिती रहेको थियो।
कार्यक्रममा बोल्दै मोसु कतारका सस्थापक महासचिव चानक पोख्रेलले मोसु कतार स्थापना गर्नुको मुख्य उदेश्य भनेको प्रवासमा अलपत्र परेका नेपालिहरु लाई सहयोग गर्न शुरुवात गरेको भएता पनि अहिले आएर मोरङ र सुनसारी जिल्ला भित्रका बिपत्ती हरुमा पनि हातेमालो गर्दै आई रहेको बताए ।
शुभकामना दिदै मोसु कतारका मनार्थ सदस्य सागर नेपालले मोसु कतारले गरेका सामजिक गतिबिधीहरुको खुलेर प्रशंसा गरे ।
त्यस्तै मोसु साउदी अरबका अध्यक्ष सुजन शेर राईले शुभामना दिदै मोसु कतार स्थापना भएको थिएन भने आज हामी प्रवासमा यसरी एकिकृत भएर सामजिक गतिबिधी गर्न सम्भब नहुने कुरामा जोड दिदै मोसु कतारले गरेका हरेक गतिबिधी मा हरेक प्रवास शाखाको हातेमालो रहने बताए।
कार्यक्रमका प्रमुख अतिथी बरालले मोसु कतारले गरेका हरेक सामाजिक कार्य उदारणिय भएको बताए ।
मोसु केन्द्रले ल्याएका हरेक परियोजनालाई मोसु प्रवासले सफल पार्नु भएको प्रती पनि आभार प्रकट गरे । उनले थप्दै भने मोसु केन्द्रले आफ्नो भवन निर्माणका लागि जग्गा खरिद गर्न लागेको र सबै शाखाहरु लाई यो अभियानमा लाग्न जोडिन अनुरोध गरे ।
कार्यक्रम लाई समापन गर्दै अध्यक्ष बाराईलीले मोसुको यो अभियान अझै बढाउदै जाने बताए । लीलानाथ घिमिरेले स्वागत मन्तब्य राखेको कार्यक्राममा प्रबिधी तर्फ अच्युत भट्टराईले र कार्यक्रम लाई मोसु सचिव भोला बस्नेत ले सहजिकरण गरेका थिए ।