२०८२ असार १० गते मङ्गलवार | 2025 June 24th Tuesday

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठ कतार आउदै

दोहा-उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन आज कतारको राजधानी दोहा आउदैछन् ।
उपप्रधानमन्त्री श्रेष्ठ आज साँझ दोहा आउने उनको सचिवालयले जनाएको छ।

श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ, उपप्रधानमन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, सांसद जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूत लगायत छन्।

परराष्ट्र मन्त्रालयका अनुसार श्रेष्ठले मार्च ५ देखि ९ मार्च सम्म दोहामा आयोजना हुने सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नेछन् ।

यसअघि यो सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेलनमा भाग लिने भनिए पनि बदलिंदो राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन लगायतका कारण प्रचण्डले आफ्नो भ्रमण रद्द गरेपछि उपप्रधानमन्त्री श्रेष्ठ दोहा आउन लागेका हुन् ।

नेपालले यस वर्षदेखि एलडीसीको अध्यक्षता गर्ने तालिका छ। यसअघि मलावीले यसको अध्यक्षता गरिरहेको थियो।श्रेष्ठले भ्रमणका क्रममा एलडीसी सम्मेलनका प्लेनरी सेसनमा भाग लिनेछन् भने विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षी छलफलसमेत गर्ने कार्यक्रम रहेको परारष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै दोहामा रहेका नेपालीहरूसँग समेत मन्त्री श्रेष्ठले भेट तथा छलफल गर्ने कार्यक्रम रहेको छ।उनले विभिन्न देश तथा संघ संस्थाका प्रतिनिधिहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची समेत रहेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस