२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

कास्की आर्दश समाज कतारले बृहत रक्तदान कार्यक्रम गर्दै

दोहा-कास्की आर्दश समाज कतारले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ। समाजले नेपाली रक्तदाता संघको समन्वयमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।

आगामी मे २६ तारिख शुक्रवारका दिन हमाद अस्पतालको  ब्लड डोनर केन्द्रमा कार्यक्रम आयोजना गरिएको हो।

कतारमा स्थापित सामाजिक, वैचारिक तथा जातीय संघ संस्थाहरू, पत्रकारहरू, बुद्धिजीवी, समाजसेवी, व्यवसायीहरू लगायत कतारलाई कर्मथलो बनाएर रहेका सम्पूर्ण नेपालीहरुलाई रक्तदान कार्यक्रममा सहभागी भइदिन आयोजकले अनुरोध गरेको छ।कार्यक्रम बिहान ८ बजेदेखि १ बजे सम्म हुनेछ ।

“कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना’  भन्ने मूल नाराका साथ सन् २००२ मा स्थानपना भएको संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस