२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

प्रवासी नेपाली एकता समाज “पानस” कतारको प्रथम साधारण सभा सम्पन्न

दोहा : प्रवासी नेपाली एकता समाज ( पानस) कतारको प्रथम साधारण सभा सम्पन्न भएको छ ।अध्यक्षका प्रतिस्पर्धा लक्ष्मी सुन्दर श्रेष्ठ लाई पराजित गर्दै पुन अध्यक्षमा तिलक श्रेष्ठ निर्वाचित भएका छ्न ।

त्यसैगरि अन्य कार्यसमिति हरुमा बिजय कुमार पौडेल (बरिष्ठ उपाध्यक्ष),-द्रोण बहादुर खडका (प्रथम उपाध्यक्ष)गंगाराम फुयाल(द्धितिय उपाध्यक्ष),करन सिह बोहरा ( महासचिव), भोजराज पौडेल (सचिव),भिम बहादुर खत्री (सह-सचीव),हेमराज रिजाल (कोषाध्यक्ष), दिनेश तिमिल्सिना (सह-कोषाध्यक्ष)राम बहादुर माल ( प्रबक्ता)र कुमार श्रेष्ठ (सह-प्रबक्ता) मा निर्वाचित भएका हुन ।

“पानस ” का अन्य कार्यसमिति सदस्य हरुमा क्रमस : अनिल भुजेल,डम्बर बहादुर शाही,पवन कुमार शाह,शुदर्शन कोइराला,शम्भु मन्डल,उमेश राज मण्डल,डम्बर बहादुर लिम्बू,गोबिन्द जंङ्ग शाह,नरेन्द्र बहादुर मल्ल,प्रविन गौतम ,रविन अधिकारी,श्रीधर पौडेल, असर्फी कुमार शाह र रोहन टमाटा गरि २५ जनाको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

प्रवासी नेपाली एकता समाज ( पानस)का अध्यक्ष तिलक श्रेष्ठको अध्यक्षता, नेपाल पत्रकार महासंघ कतारका शाखाका सचीव अर्जुन पौडेलको प्रमुख आथित्यमा रहेका कार्यक्रममा नेपाली जनसम्पर्क समिति कतारका उपसभापति ठाकुर कुमार परियार, कतार नेपाली एकता समाजका अध्यक्ष राम प्रसाद पराजुली, संघीय लिम्बुवान सामाजिक मञ्चका डम्बर लिबाङ लगायत कतारमा स्थापित विभिन्न बैचारिक जिल्ला, प्रदेश लगायत राष्ट्रियबादी युवाहरूहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले पानस´कतारले लिएका विभिन्न नबितम सोचले सफलता मिलोस भन्दै नयाँ कार्यसमितिले दोहाको नेपाली समाजलाई एक ढिक्का बनाउदै सम्पुर्ण श्रमिकको एजेन्डा लिदै अगाडि बड्न आग्रहगर्दै शुभकामना भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण सचिव भोजराज पौडेल ले गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन २० गते शनिवार
प्रतिक्रिया दिनुहोस