२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

कतारमा नुवाकोट साँगीतिक साँझ भब्य रूपमा सम्पन्न

दोहा-नुवाकोट सेवा समाज कतारको आयोजनामा नुवाकोट साँगीतिक साँझ भब्य रूपमा सम्पन्न भएको छ।

समाजको आयोजनामा बडा दशैं,शुभ दिपावली,नेपाल सम्वत तथा छ्ठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान साथै नुवाकोट साँगीतिक साँझ (२०२३) भब्य रूपमा सम्पन्न भएको हो।


समाजका अध्यक्ष दिपेन्द्र घले लामाको सभापतित्त्व तथा  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको थियो।


दोहामा रहेको ग्राण्ड रिगल होटलमा भएको कार्यक्रममा संस्थाकी सल्लाहकार नानु घले,समाजसेवी तथा बुद्धिजीवी चानक पोख्रेल, गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य बिक्रम कार्की,नेपाली महिला समाज कतारकी सह-कोषाध्यक्ष मेनुका खतिवडा भण्डारीले शुभकामना मन्तव्य राखेका थिए।

नेपालका चर्चित लोक दोहोरी गायिका अमृता श्रीपाल,  गायक सरोज लामिछाने र म्हेन्दोमाया गायक सौराग तामाङको बेजोड साँगीतिक प्रस्तुति रहेको कार्यक्रममा स्थानिय कलाकारहरु गुना मगर निशु,पुकार थापा,सुर्य लामा,सानुबाबु तामाङ, रामजी थापा मगर, राजन थोकर तामाङ, बद्री प्रसाद देबकोटा, रोशनी हिम्डुङ तामाङ,लगायतका कलाकारहरूको पनि प्रस्तुति रहेको थियो।


संगम सेवा समाज कतार र दाङसिङ युवा सेवा समाज कतारको सह-आयोजना रहेको कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, बैचारिक सस्थाका प्रमुखहरु, सामाजिक अभियान्ता, समाजसेवी तथा कलाकार, पत्रकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

संस्थाका वरिस्ठ उपाध्यक्ष हिरा तामाङले स्वागत गरेको कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार सहित द एन.आर.एन सिङ्गर मा सहभागी भएर फाइनल सम्म पुग्न सफल गायिका गुना मगर निशुलाई आगामी साँङ्गीतिक यात्रा सफलताको शुभकामना दिदै  मायाको चिनो र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रमको सहजीकरण महासचिव बिकास लामा(तामाङ) ले गरेका थिए।

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस