२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

गैरआवासीय नेपाली तारा -२०२३ को डिजिटल अडिसनको समय थप

दोहा– गैरआवासीय नेपाली तारा – २०२३ को गायन तथा नृत्य प्रतियोगिताको डिजिटल अडिसनको समय थप गरिएको छ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा हुन लागेको गैरआवासीय नेपाली तारा – २०२३ को अडिसनको समय चार दिन थप गरिएको हो।

दोहामा रहेका  प्रतिभाहरु लाई धेरै भन्दा धेरै सहभागिता गराउने उदेश्यका साथ अडिसनको अन्तिम मिति  नोभेम्बर २९ तारीक कतारको समय रातको १० बजे सम्म तोकिएको छ ।

यसअघि अडिसनको अन्तिम मिति नोभेम्बर २५ तारीक सम्म तोकिएको थियो।

नेपाली कला संस्कृतिको सम्मान गरौ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौ भन्ने नारा सहित नेपाली कला प्रष्फुटन / उजागर गर्ने उद्देश्य र राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ आयोजना हुन लागेको कार्यक्रमको डिजिटल अडिसन गत नोभेम्बर १ तारीख देखिदेखि खुल्ला गरिएको थियो।

आयोजक समितिको आज बसेको बैठकले अडिसनको समय थप गर्दै दोहामा रहेका  प्रतिभाहरु धेरै भन्दा धेरै सहभागि भई आ-आफ्नो कला गला प्रस्तुत गर्न कतारमा रहेका सबै कलाकारहरुलाई अनुरोध पनि गरेको छ।

प्रतियोगितामा सहभागि हुन ईच्छुक प्रतियोगी कलाकारले तपसिलमा उल्लेख गरिएको ब्यक्तिहरुसङ्ग सिधै सम्पर्क गर्न सक्ने पनि आयोजक समितिले जानकारी गराएको छ।

मदन गुरुङ – ३१२९५८०७,
रोशन अर्याल -७०६६५६४४,
कृष्ण पन्थी – ५०३०७१५६,
भाईकाजी गुरुङ – ७७६१२२००,
बिबेक पुलामी मगर- ७०५४०९३२,
धन बहादुर गुरुङ – ५५७४३४१२

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस