२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

कास्की आदर्श समाजको   शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दोहा । कास्की आदर्श समाज कतारले   शुभकामना आदानप्रदान  तथा सम्मान कार्यक्रम सम्पन्न  गरेको छ । नेपाली राष्ट्रिय चाड्पर्वहरु तथा अङ्ग्रेजी नयाँ वर्षलाई सम्झदै  शुभकामना  आदानप्रदान गरिएको  कार्यक्रमको प्रमुख अतिथि  नेपाली नियोगका प्रथम सचिव कृष्ण कुमार सुवेदी रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले समाजले गरेका कार्यको तारिफ गर्दै आगामी दिनमा पनि अझै उत्कृष्ट सामाजिक कार्यको अग्रिम शुभकामना व्यक्त गरेका थिए । उनले कार्यक्रमलाई  उदेश्य परक बनाउनु पर्ने भन्दै कास्की आदर्श समाजले भकुण्डो खेलाउने काम छोडेर राष्ट्रको प्रतिनिधित्व हुने गरि  जिल्लाका महत्वपूर्ण स्थान र सुन्दर नगरी  पोखराको   प्रचारप्रसार तथा  पर्यटन प्रबर्द्धन गर्न सुझाव दिएका थिए ।  सोहि कार्यक्रममा  कतारको नेपाली  समाजका  सामाजिक अभियान्ताहरु तथा  संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले समेत शुभकामना दिएका थिए ।

 

कार्यक्रममा समाजले   गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद विभागसंग समन्वय र सहकार्यमा  आयोजना गरेको   लोकप्रिय “खुला पुरुष भलिवल प्रतियोगिता २०२३”  मा सहयोग गर्ने   ब्याक्तित्वहरु,  संघसंस्थाहरु, खेलाडी, पत्रकार  तथा  विभिन्न सामाजिक क्रियाकपालहरुमा सहभागी सबैलाई सम्मान गरेको थियो।

न्यु सलाता स्थित कतार च्यारिटीको हलमा सम्पन्न शुभकामना कार्यक्रमको सभापतित्व कास्की आदर्श  समाजका  अध्यक्ष अग्निधर देवकोटाले  गरेका थिए । सचीव   बिष्णु तिमिल्सिनाले गरेका  संचालन गरेको कार्यक्रममा कतारमा  स्थापित नेपाली  संघसंस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु, शुभचिन्तक, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस