२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

कतारमा भब्य रुपमा मनाईयो नेपाल नेसनल डे(Nepal National Day)

दोहा-कतार एक्स्पोमा नेपाल नेसनल डे(Nepal National Day) भब्य रुपमा मनाईएको छ।

नेपाली दूतावास कतारको आयोजना र नेपाल व्यवसायी संघ कतार साथै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्,कतारको सह आयोजनामा नेपाल नेसनल डे(Nepal National Day) कतारमा भब्य रुपमा मनाईएको हो।

कार्यक्रममा नेपाली राजदूत डाक्टर नरेशविक्रम ढकालले नेपालको भौगोलिकता,प्राकृतिक सम्पदा र लगानीको अवस्था जानकारी गराउँदै आफ्ना महत्वपूर्ण भनाई राखेका थिए ।

एक्स्पोका डेपुटी सेक्रेटरी जनरल मोहमद अल सादले अत्यन्त सुन्दर र प्राकृतिक रूपले धनी मुलुक नेपालले कतार सरकारले आयोजना गरेको एक्स्पोमा सक्रिय सहभागिता जनाएकोमा प्रशंसा गरेका थिए ।

एक्स्पोमा कतारस्थित विभिन्न देशका राजदूत,एक्स्पोमा पेभिलियन संचालन गर्ने विभिन्न मुलुकका कमिस्नर जनरलहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाललाई विश्वभर चिनाउन नेपाली संस्कृति, झल्काउने भेषभुषा,नेपालीहरुले दौरा सुरुवाल तथा राष्ट्रिय पोशाकमा उपस्थित भएका थिए भने विभिन्न जातजातिका साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

हरियो मरुभुमी राम्रो वातावरणको नाराका साथ अल बिद्दा पार्कमा जारी आधुनिक कृषि सम्बन्धि एक्स्पो मध्यपूर्व तथा उत्तर अफ़्रिकि क्षेत्रमा नै पहिलो पटक कतारले आयोजना गरेको हो।

एक्स्पो मार्च २८ सम्म चल्नेछ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस