२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

नेपाली नयाँ वर्ष २०८१ र ईद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने

दोहा-नेपाली नयाँ वर्ष २०८१ र इस्लाम धर्मावलम्वीहरुको महान चाड ईद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ।

नेपाली राजदूतावास दोहा कतार र नेपाली रक्तदाता संघ, कतारको संयुक्त आयोजनामा बृहत् रक्तदान कार्यक्रमको आयोजना हुने भएको हो।

अप्रिल १२ शुक्रबारका दिन दूतावासको सभाहलमा हुने मानवीय र परोकारी कार्यमा सहभागी भईदिन कतारमा स्थापित सामाजिक, वैचारिक तथा जातीय संघ संस्थाका प्रतिनिधि,पत्रकार, बुद्धिजीवी, समाजसेवी,व्यवसायी लगायत कतारमा रहेका दाजुभाई तथा दिदिबहिनीहरुलाई नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले अनुरोध गरेका छन।

कार्यक्रम बिहान ८ बजे बाट सुरु हुनेछ ।

 

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस