२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न

दोहा-तमु (गुरुङ) समाज कतारले चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

तमु( गुरुङ)संस्कारमा आधारित माइती र चेलीको सम्बन्धलाई सुमधुर राख्ने विशेष महत्त्व बोकेको तमु समुदायको महान पर्व माघे संक्रान्ति (माङी त्हे) को शुभ अवसरमा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न गरेको हो।

तमु समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा समाजको हरेक गतिविधिमा आथिक,सामाजिक,भौतिक रुपले सहयोग गर्ने कलाकार,खेलाडी, चेलिबेटी,पत्रकार लगायत दुई दर्जन भन्दा बढी विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला (क्रमु) फेटा (क्रेगी) तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।

तमुहरुको एकता,आजको आवश्यकता” भन्ने मुल नाराका साथ ग्रान्ड मलमा अवस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रमको समाजका प्रथम उपाध्यक्ष तेज गुरुङले स्वागत तथा महासचिव डिजन गुरुङले सहजीकरण गरेका थिए।

कार्यक्रममा तमु गुरुङ समाजका माईती तथा चेलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस