२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

कतारमा बृहत्त तीज विशेष कार्यक्रम हुने

दोहा– नेपाली महिला समाज कतार र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाली महिला समाज कतार र गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको महिला बिभागको समन्वयमा कतारमा स्थापित बिभिन्न संघ–संस्थाको संयुक्त आयोजनामा नेपाली नारीहरुको महान पर्व ‘हरितालीका तिज’को अवसरमा सचेतना कार्यक्रम सहित शुभकामना आदानप्रदान तथा बिबिध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो।

आगामी ३० अगष्ट शुक्रबार ट्यूनिसियन स्कुल, अल लक्तामा हुन लागेको हो कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायीका, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रिय अध्यक्ष”रिता थापा मगर” सहितका कलाकार हरुको बेजोड साङ्गितिक प्रस्तुति रहने नेपाली महिला समाजकी अध्यक्ष माया के सी ले जानकारी दिएकी छन् ।

कार्यक्रममा कतारमा स्थापित संघ- संस्था तथा महिला प्रतिनिधिहरु , सामाजिक अभियान्ताहरु, पत्रकार एवम् कतारबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा उक्त कार्यक्रममा गरिमामय सहभागिताको लागि “रमाइलो तीज” कार्यक्रमका आयोजक संस्था हरुले अनुरोध गरेका छ्न ।

 

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस