२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

अन्तरास्ट्रिय नारी दिवसको अवसरमा कतारमा रक्तदान कार्यक्रम हुदै

दोहा – ११५ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा कतारमा रक्तदान कार्यक्रम हुने भएको छ ।

नेपाली महिला समाज कतारको आयोजना र नेपाली रक्तदाता संघ कतारको समन्वयमा ११५ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा कतारमा रक्तदान कार्यक्रम हुने भएको हो।

मार्च १४ तारिक शुक्रबारका दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाली महिला समाज कतारका अध्यक्ष माया केसीले जानकारी दिएकी छन।

नेपाली महिला समाज कतारले बिगतका दिनहरुमा अन्तरास्ट्रिय नारी दिवसको अवसरमा विभिन्न सांस्कृतिक तथा सचेतना कार्यक्रम गरेर मनाए पनि यो पटक मुस्लिम धर्मावलम्बीहरुको रमजान परेकाले यस् समयमा पुन्यको काम रक्तदान कार्यक्रमको आयोजना गरिएकोले कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक साहित्यिक संघ संस्थासहित दोहावासी सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा उपस्तिथित भईदिन रक्तदान गरि दिन के सी अनुरोध गरेकी छन।

रक्तदान कार्यक्रम बिहान ८ बजेबाट दिउँसो १ बजे सम्म चल्नेछ।

 

 

 

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस