२०८२ माघ २७ गते सोमवार | 2026 February 9th Monday

कतारमा आशन भाषण बिनै मनाइयो ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस

दोहा– नेपाली महिला समाज कतारले ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस सामाजिक तथा पुण्यको कार्यक्रम गरेर मनाएको छ।

मुस्लिम धर्मावलम्बीहरूको रमजानको अवसरमा
१५० जना श्रमिकहरूलाई इफतारी गरेर नेपाली महिला समाज कतारले ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस सामाजिक तथा पुण्यको कार्यक्रम गरेर मनाएको हो ।

समाजले सनैयाको स्ट्रिट न ४३ मा अवस्थित श्रमिकहरुको बासस्थानमा पुगी १ सय ५० जना श्रमिकहरुलाई ईफ्तारी उपलव्ध गराएको हो। समाजका अध्यक्ष माया केसी, समाजका  बिभीन्न पदाधीकारी, एनआरएनए आईसिसी सदस्य तेज कटुवाल, पत्रकार लगायतका विभीन्न ब्यक्तिहरु ईफ्तारी सहित त्यहा पुगेका थिए।

ईफ्तारी ग्रहण गर्दै श्रमिकहरुले महिला समाजलाइ धन्यवाद ज्ञापन गर्दै खुसी साटे । हजारौ रियालको खर्च गरेर हलमा गरीने आशन भाषण भन्दा पर रहेर बिशुद्द श्रमिकहरुलाई ईफ्तारी उपलव्ध गराईएको हो।

महिला समाज कतारले प्रवासमा रहेका विभिन्न महिला दिदीबहिनीहरूका समस्याका समाधानका साथै सामाजिक कार्यहरू गर्दै आइरहेको छ। समाजले बिगतका दिनहरुमा दिवसको अवसरमा विभिन्न सांस्कृतिक तथा सचेतना कार्यक्रम गरेर मनाए पनि यो पटक फरक शैलीमा मनाएको हो ।

साथै समाजले शुक्रबार बिहान रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको थियो।

 

प्रकाशित मिति : २०८१ चैत्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस