२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

लुम्बिनी प्रदेश समन्वय परिषद कतारले दशै मनाउने

दोहा,

लुम्बिनी प्रदेश समन्वय परिषद, कतारको समन्वयमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरुको संयुक्त आयोजनामा  दशै  कार्यक्रम गर्ने भएको छ ।

प्रवासमा रहेता पनि  नेपालिहरुको महान पर्व बडा दशै पावन अवसरमा आफ्नो  संस्कार र संस्कृतिको जगेर्ना गर्नुका साथै  लुम्बिनी प्रदेश बासीहरुको आपसी  मैत्रीपूर्ण  सम्बन्धलाई आत्मसात गर्नुका साथै बिगतका बर्षहरु पनि निरन्तर आन्तरिक कार्यक्रम आयोजना गरि सामुहिक रूपमा राष्ट्रिय पर्वहरु मनाउदै आएको छ ।

सामुहिक कार्यक्रम गर्दा संस्थाको आर्थिक भार काम हुने
र संस्थालाई भार न पर्ने र संस्थाको उदेश्यलाई आत्मसात   गदै बचत गरि प्रदेशका विभिन्न जिल्लाहरुमा अक्ष्ायकोष  स्थापन गरि आर्थिक रकम हस्तान्तरण गरि रहनुका साथै प्रवासमा पनि आपसी भाइचाराको सम्बन्धलाई अन्य संघ संस्थाहरुको तुलनामा एउटा उदाहरणीय संस्थाको रुपमा स्थापित भएको छ ।

०२ अक्टोबर २०२५ का दिन सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभा हलमा कार्यक्रमको आयोजना गरिएको
जानकारी  जानकारी गराउदै । उपाध्यक्ष  कार्यक्रम संयोजक टेकराज थापाले कतारमा रहनुभएका प्रदेशबासी दाजुभाइ तथा  दिदिबहिनीहरुमा कार्यक्रम सहभागिताको लागि हार्दिक अपिल गरेका छन

प्रकाशित मिति : २०८२ असोज ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस