२०८२ माघ १ गते बुधवार | 2026 January 14th Wednesday

पर्वत जलजला समाजले बृहत बनभोज तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने  

दोहा।

पर्वत जलजला समाज कतारले अंग्रेजी नयाँ बर्षको अवसर पारेर शुभकामना आदान–प्रदान तथा बृहत बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ। आगामी १२ डिसेम्बर २०२५, शुक्रबारका दिन सहानिया स्थित अलढोसरी जु पार्कमा हुने कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक प्रस्तुति रहने कार्यक्रम संयोजक सूर्यबहादुर खत्रीले बताए ।

पर्वत जलजला समाज कतारले २०२३ मा आफ्नो यात्रा सुरु गरेको हो। स्थापना पश्चात समाजले विभिन्न सामाजिक संस्थाहरुसंग हातेमालो गर्दै , सहयोगमूलक कार्यक्रम गर्दै आएको छ। छोटो अवधिमा नै यस समाजले कतारमा रहेका पर्वते समुदायलाई मात्र नभई सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्ने प्रयास गर्दै आएको छ।

बनभोजलाई विशेष बनाउन कलाकारहरु नृत्याङ्गना सपना महर्जन नृत्याङ्गना रोजिना गुरुङ, नृत्याङ्गना तिलमाया गुरुङ , पुन्य प्रसाद अधिकारी गायिका तारा बि.सि. सुमित्रा भट्टराई र रेश्मी सेन्चुरी गायक बाबुराम रम्तेल, र्यापर सुमन शाही सोम परियार, चुड्का नृत्य समुह र मयुर टप्पा नृत्य समुहको विशेष प्रस्तुति कलाकारहरूको लाईभ दोहोरीको समेत प्रस्तुति रहनेछ।

 कार्यक्रमले समुदायबीच आपसी एकता, भाइचाराको सम्बन्ध थप मजबुत बनाउने बताउदै समाजका अध्यक्ष देवराज कार्कीले कतारका सम्पुर्ण संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक अभियान्ता कलाकार,पत्रकार लगाएत सम्पुर्ण शुभचिन्तक, शुभेच्छुकहरुलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन समाजले हार्दिक आव्हान गरेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस