२०८२ माघ १ गते बुधवार | 2026 January 14th Wednesday

पर्वत समाज कतारको २३औं स्थापना दिवसका लागि नेपालबाट कतारमा आइपुगे कलाकार

 दोहा,  l पर्वत समाज कतारले आफ्नो २३औँ वार्षिकोत्सव तथा वार्षिक साधारणसभा भव्य सांस्कृतिक कार्यक्रमसहित आगामी डिसेम्बर १२ (शुक्रबार) का दिन मनाउने भएको छ।

 

 “निस्वार्थ सेवामा हाम्रो पर्वत, राम्रो पर्वत” भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापित समाजले सनैयामा अवस्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा हुने कार्यक्रमको तयारी पूरा भएको जनाएको छ।

 

कार्यक्रममा विशेष आकर्षणका रूपमा नेपालबाट आमन्त्रित वरिष्ठ लोक तथा दोहोरी गायक तथा सर्जक बुद्धिराम शर्मा र सारेगमप लिल च्याम्पका फाइनलिस्ट गायक अरुण सुनार कतार आइपुगेका छन्। उनीहरूको आगमनसँगै कार्यक्रममा झनै रौनक थपिने आयोजकले जनाएको छ।

कार्यक्रममा शर्मा र सुनारसँगै कतारमै रहेका झन्डै डेढ दर्जन नेपाली कलाकारहरूको  गायन तथा नृत्य प्रस्तुति समेत रहनेछ।  कार्यक्रममा प्रस्तुती दिने  कलाकारहरूमा लक्ष्मी कार्की, नयन शर्मा, राजन परियार, नारायण देवकोटा, रेश्मी सेञ्चुरी, तारा बी.सी., देब घिमिरे, गुना मगर “निशु”, सोम विश्वकर्मा, संगित बी.सी., हास्य कलाकार सुरज खनाल, नृत्य कलाकार गंगा बी.सी., जमुना बी.सी., सृजना खनाल र गायक पुकार थापा रहेका छन्।

 

सांगीतिक प्रस्तुतीको रौनकतासँगै खुला मनोरञ्जन, भेटघाट र सांस्कृतिक विविधताबाट भरिपूर्ण कार्यक्रमको लागि दोहामा सक्रिय सम्पूर्ण संघ–संस्था, वैचारिक संस्थाहरू, विशिष्ट व्यक्तित्व, समाजसेवी, सामाजिक अभियन्ता, बुद्धिजीवी, व्यवसायी, कलाकार तथा पत्रकारहरूलाई औपचारिक रूपमा निमन्त्रणा गरिसकिएको आयोजक समितिले जनाएको छ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस