२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

मोरङसुनसरी सेवा समाज, कतारको १९औँ साधारण सभाको तयारी पूरा

दोहा,l

मोरङसुनसरी सेवा समाज (मोसू), कतारले आफ्नो १९औँ साधारण सभा आयोजनाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। “मोरङसुनसरीको चाहना, सक्षम र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ स्थापना भएको संस्थाले साधारण सभा ६ फेब्रुअरी २०२६ (शुक्रबार) का दिन सम्पन्न हुने बताएको छ ।

उक्त साधारण सभा दोहा स्थित एशियन टाउन, प्लाजा मलभित्रको लालीगुराँस रेस्टुरेन्टको सभा हलमा दिउँसो १२ बजेदेखि सञ्चालन हुने कार्यक्रम रहेको छ।

कार्यक्रमको तयारी पूर्ण रूपमा सम्पन्न भइसकेको जानकारी दिँदै मोसू कतारका सचिव अच्युत भट्टराईले समाजका सम्पूर्ण मानार्थ सदस्य,आजीवन तथा साधारण सदस्य, शुभेच्छुक तथा मोरङसुनसरी जिल्लासँग सम्बन्धित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई साधारण सभालाई सफल र गरिमामय बनाउन हार्दिक अनुरोध गरेका छन्।

साधारण सभा कार्यक्रममा विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिनेछन्।

कतारकै अग्रणी जिल्ला संस्थामध्ये एकका रूपमा परिचित मोरङसुनसरी सेवा समाज, कतारले दुई जिल्लालाई समेटेर सामाजिक सेवा गर्दै आइरहेको उल्लेख गर्दै, संस्थाले नेपालका मोरङ र सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा विपद् तथा संकटको समयमा परेकाहरूलाई निरन्तर सामाजिक सहयोग र राहत सेवा प्रदान गर्दै आएको मोसू कतारले जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस