२०८२ फाल्गुन २८ गते बिहिवार | 2026 March 12th Thursday

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रोफेसर रमजान अलि मियाँ कतारमा सम्मानित

दोहा – अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२२ को अवसरमा प्रोफेसर रमजान अलि मियाँ कतारमा सम्मानित भएका छन। 
अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरुको साझा संस्था अन्तर्राष्ट्रिय मानव अधिकार संगठनले विशेष कार्यक्रम मार्फत मियाँलाई कतारमा सम्मानित गरेको हो।

विश्वका विभिन्न मानव अधिकारवादीहरुलाई सम्मान गर्ने क्रममा कतारको मानव अधिकारको क्षेत्रमा यसको प्रवर्द्धन तथा विकासमा उल्लेख्य योगदान दिए बापत नेपालका मियाँलाई पनि सम्मानित गरिएको थियोे ।

अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका केन्द्रीय अध्यक्ष डाक्टर नेम सिंह पेमी र उपाध्यक्ष डाक्टर मोहम्मद बरोहामीको संयुक्त हस्ताक्षर रहेको सम्मानपत्रमा  मियाँले कतारमा रहेका आप्रवासीहरुको मानव अधिकारको रक्षा एवं मानव अधिकारको विकास र प्रवर्द्धनमा उल्लेख्य भुमिका खेलेको उल्लेख्य गरिएको छ।

बिगत दश वर्ष देखी कतारको राष्ट्रिय मानव अधिकार आयोगसंग आवद्ध रहि मानवीय कार्य गर्दै आएका मियाँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सम्मानित हुने कतारमा पहिलो नेपाली हुन।

मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ।

प्रकाशित मिति : २०७९ मङ्सिर २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस