२०८३ बैशाख १ गते मङ्गलवार | 2026 April 14th Tuesday

एनआरएनए एनसिसि कतारद्वारा विश्व साइकल यात्री शर्मालाई सम्मान

दोहा – विश्व जलवायु परिवर्तन र सेभ द अर्थ को नारा लिएर विश्व साइकल यात्राका क्रममा कतार आइपुगेका शुभप्रसाद शर्मा लाई कतारमा सम्मान गरिएको छ।

विश्व साइकल यात्राका क्रममा कतार आइपुगेका शर्मा लाई एनआरएनए एनसिसि कतारले नगद सहित सम्मान गरेको छ ।

शुक्रवार एक कार्यक्रमका बिच नगद पॉचसय कतारी रियाल सहित खादा ओढाएर यात्रा सफलताको कामना सहित सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै एनसिसि कतारका अध्यक्ष रमेश भट्टले यात्रा सफलताको शुभकामना व्यक्त गरे ।

सहयोग ग्रहण गर्दै यात्री शर्माले एनसिसि कतारलाई धन्यवाद ज्ञापन गरे ।

काठमान्डौ नगरपालिका वडा न ७ सिफलमा ५६ वर्ष अगाडी जन्मिएका शर्माले २०८९ वैशाख १ गतेबाट यात्रा प्रारम्भ गरेका हुन ।

५ वर्षमा १५० देश घुम्ने र ३०० देखी ५०० बिरुवा रोप्ने लक्ष्य लिएका शर्माले आफूले सोचे जति सहज यात्रा नभएको महसुस गर्दै लक्ष्य भन्दा पनी समय बढी लाग्ने अनुमान आफूले गरेको बताए ।

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस