२०८२ चैत्र २९ गते आइतवार | 2026 April 12th Sunday

कार्की संयोजक रहेको एनआरएन पञ्जिकृत सदस्यता आवेदन बन्द।

दोहा : गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको (बद्री केसि समुह ) २०२५-२०२७ कार्यकालका लागि पञ्जिकृत सदस्यता आवेदन आह्वान आजबाट बन्द  भएको छ।

गैरआवसीय नेपालि संघ ११ औ अधिवेशन आयोजक समिति कतारका संयोजक केशव कार्कीका अनुसार पञ्जिकृत सदस्यता आवेदन आह्वान संख्या आजको मिति सम्म “छहजार पचहत्तर” ६०७५ पुगेको बताए ।

कार्कीले प्रमाणीकरण अवधिमा अस्वीकृत भएका र ड्राफ्‌टमा भएको आवेदनहरूमा नपुग कागजातहरुको जानकारी सम्पुर्णको ईमेलमा प्राप्त हुने भएकाले मिति २० जुलाई २०२५ सम्म आफ्‌ना नपुग कागजातहरु आफ्‌नो प्रोफाईलमा अध्यावधिक गर्नुहुन अनुरोधका साथ सबैमा सुचित गरिएको जानकारी गराए

कतारमा रहेको एनआरएनए एनसीसीलाई पटक–पटक दिइएको निर्देशन पालना नगरेको भन्दै ३० जुनमा बद्री केसी समूहले मान्यता फिर्ता लिँदै सोही, समितिका द्वित्तीय उपाध्यक्ष केशव कार्कीलाई अधिवेशन संयोजक तोकेको थियो ।

एमआइएसद्वारा पञ्जीकृत सदस्यता सप्पन्न भैसकेको र आइसीसीले तोकेको समयभित्र नेतृत्व चयन तथा अधिवेशन सम्पन्न गरिने गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले जानकारी गराएको छ ।

 

प्रकाशित मिति : २०८२ साउन ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस