२०८३ बैशाख २७ गते आइतवार | 2026 May 10th Sunday

एनआरएनए कतार २०२३-२०२५ : महासचिवमा पत्रकार श्रेष्ठको उम्मेदवारी

दोहा : एनआरएनए एनसीसी कतारको २०२३/२५ कार्यकालका लागि महासचिव पदमा पत्रकार दिल कुमार श्रेष्ठले उम्मेद्वारी दर्ता गरेका छ्न l एनसिसि निर्वाचन समितिले जुलाई २१ मा प्रकाशित गरेको उम्मेद्बारी  आबेदकको नामावलीमा श्रेष्ठ सहित रबिन मगरले महासचिव पदमा दाबेदारी दिएको जनाइएको छ ।

लामो समय देखि कतारलाई कर्म थलो बनाएर सामुदायिक पत्रकारिता गर्दै आएको श्रेठ कतारमा रहेका बिभिन्न सामाजिक सस्थाहरुमा आवद्द स्वच्छ छबि भएका सहि सुचना सम्प्रेषण गर्ने र स्पस्ट बक्ताका रुपमा चिनिन्छन l

हाल उनि नेपाल पत्रकार महासंघ कतार साखाका उपाध्यक्ष हुन् भने पर्वत समाज कतार का सस्माथापक महासचिब तथा बर्तमान सल्लहाकार समेत हुन् l एन आर एन ए कतार संग लामो समय सुचना तथा प्रचारप्रसार उपसमितिमा समेत काम गरेका श्रेठ २०१७-२०१९ को कार्यकालमा पनि सचिब पदमा उम्मेद्बारी  दिएका थिए l

हरेक कार्यकालमा एन सी सी लाई ठाडो  प्रश्न गर्ने पत्रकार भनेर चिनिने श्रेष्ठ नै महाचिवको उमेदवार  बनेपछि दोहामा रहेका जानकारहरुले उनि नेतृत्वमा पुगे धेरै अनूत्तरित प्रश्नको उत्तर आउने आशा गरेका छन् l

श्रेष्ठले आफुले अन्तिम समयमा आएर दिएको उम्मेद्बारी भए पनि आफ्नो उम्मेद्बारी कुनै बिचार, बर्ग, जातजाति, धर्मसंस्कार गुटउपगुठ समुहबाट नभई समाजका उठेका सवालमा जवाफदेहिता नहुनुको परिणाम रहेको बताएका छन् l आफूलाई महासचिब पदमा विजयी गराउन एनआरएनएका अग्रज, सामाजिक अभियन्ता, बुद्धिजीवी व्यवसायी, परिषद् सदस्य, पत्रकार एवम् कतारमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसमक्ष अपिल गरेका छन् l

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस