२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

एनआरएनए सचिव पदका उम्मेदवार गोर्खालीलाई कतारमा भव्य स्वागत

दोहा– गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका सचिव पदका उम्मेदवार मनोज कुमार श्रेष्ठ (गोर्खाली)लाई कतारमा भव्य स्वागत गरिएको छ।

एनआरएनएको आगामी कार्यकालका सचिव पदका उम्मेदवार गोर्खालीलाई एनआरएनएका आगामी कार्यकालका लागि उपमहासचिव पदका उम्मेदवार प्रविण गुरुङ, एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, एनआरएनए मध्यपूर्व उप-संयोजक के बि हमाल, एनसीसी कतारका निवर्तमान अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान, आईसीसी सदस्य दिपजंग शाह ठकुरी, प्रवासी नेपाली मञ्च कतारका पूर्व अध्यक्ष चानक पोखरेल, सामाजिक अभियान्ता क्रान्ति सिंह, पूर्व आईसीसी सदस्य यूवराज शर्मा लगायत दर्जनौंले भव्य स्वागत गरेका थिए।

दुबईका सफल व्यवसायी गोर्खालीले ४ मुख्य एजेन्डा लिएर आईसीसी सचिवका लागि उम्मेदवारी घोषणा गरेका छन।

सन् २००७ देखि निरन्तर एनआरएनएको विभिन्न तहमा रहेर सामाजिक कार्य गर्दैआएका श्रेष्ठ मध्यपूर्वमा लोकप्रिय मानिन्छन्।

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस