२०८२ चैत्र २९ गते आइतवार | 2026 April 12th Sunday

एनसीसी कतारको ११ औं अधिबेशनमा आइसीसी अध्यक्ष बद्री केसीले सम्बोधन गर्ने

दोहा : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको “११ औं राष्ट्रिय अधिवेशन” आउँदो शुक्रबार हुँदै छ ।

दोहामा अवस्थित “क्राउन प्लाजा होटलको “सभाहलमा हुने ११ औं राष्ट्रिय अधिवेशन कार्यक्रमको लागी आइसीसी अध्यक्ष डा. बद्री केसीले सम्बोधन गर्ने भएका छ्न ।

११औं राष्ट्रिय अधिवेसन २०२५ आयोजक समितिले जानकारी गराए अनुसार प्रमुख अतिथि अध्यक्ष केसी रहने छ्न भने, कार्यक्रमको तयारी लगभग अन्तिम तयारीमा पुगेको जानकारी प्राप्त भएको छ ।

एनसीसी कतारको निर्वाचन कमिटीका संयोजक कमल मणि गुराँगाइका अनुसार लगभग सबैपदमा एकल उम्मेदवारी परेको र सबैपदमा सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिने जानकारी गराए ।

२०२५–२०२७ कार्यकालका लागि अन्तिम पञ्जीकृत सदस्यहरुको सङ्ख्या ४ हजार ६०३ कायम रहेको छ ।

अधिवेशनले आगामी अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयनको आधार हुने पनि जनाइएको छ ।

अधिबेशन कार्यक्रम संयोजक केशव कार्कीले सम्पुर्ण संघसंस्था प्रमुखहरु, एनआरएनए अभियान्ता, सामाजिक अभियान्ता कतारमा स्थापित विभिन्न संघ संस्थाका
पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै पंजिकृत सदस्य सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थिति हुनका लागि अनुरोध गरेका छन।

कार्यक्रम निन्म अनुसार रहेको छ ।
:
१. प्रमाण पत्र वितरण तथा सपथ कार्यक्रम:

मितिः ३१ जुलाई २०२५ बिहिबार
स्थान: ओल्ड दरबार रेस्टुरेन्ट, नाज्मा दोहा कतार।
समयः साँझ ठिक ८ बजे देखि

२. बधाई तथा शुभकामना कार्यक्रम:

मितिः १ अगस्ट २०२५ शुक्रबार
स्थान: क्राउन प्लाजा होटल, नाज्मा दोहा कतार।
समयः दिउसो १२ बजे देखि

 

 

प्रकाशित मिति : २०८२ साउन १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस