२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

कतारका लागि नेपाली राजदूत ढकाललाई मातृशोक

दोहा – कतारका लागि नेपाली कुटनितिक नियोग नेपाली राजदूतावासका महामहिम राजदूत डाक्टर नरेश विक्रम ढकाललाई मातृ शोक परेको छ।

ढकालकी आमा नन्द कलि ढकालको ९० बर्षको उमेरमा विरेन्द्र नगर सुर्खेतको निजि निवासमा आइतबार बेलुकी निधन भएको पारिवारिक श्रोतले बताएको छ।

लामो समयदेखि दमको विरामी रहेकी ढकालकी आमा केही वर्ष देखि प्रेसर र मुटुको उपचार समेत गराईरहेकी थिईन ।

ढकालकी आमाका सोह्र नातिनातिना सहित चार छोरा र तीन छोरीहरू मध्ये ढकाल दोस्रो सन्तान हुन । कतारमा रहेका राजदूत ढकाल सोमबार नेपाल प्रस्थान गरेका छन ।

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस