२०८२ चैत्र २९ गते आइतवार | 2026 April 12th Sunday

कतारमा कोशी प्रदेश समन्वय परिषद्‌द्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

दोहा, कतार

कोशी प्रदेश समन्वय परिषद् कतारले नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन्। शुक्रवार कतार नेशनल ब्लड डोनेसन सेन्टरमा भएको यस कार्यक्रममा परिषद् मातहतका विभिन्न संस्थाहरूको संयुक्त सहभागितामा कतारमा रहेका नेपालीहरूले रक्तदान गरे।

“रक्तदान-जीवनदान” भन्ने मूल नारालाई आत्मसात् गर्दै महेन्द्र उप्रेतीले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए। परिषद्का अध्यक्ष पदम कुमार घिमिरेले रक्तदानजस्तो मानवीय र परोपकारी कार्यमा सहभागी सम्पूर्ण रक्तदाताहरूलाई सम्मान पत्र प्रदान गर्दै सहजीकरणकर्ता र सहभागी सबैलाई हार्दिक धन्यवाद व्यक्त गरे।

बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालित कार्यक्रममा अन्तिम रक्तदान किरण परियारले गरेका थिए। कार्यक्रममा कतारमा रहेका विभिन्न सङ्घसंस्थाका प्रमुख, प्रतिनिधि, पत्रकार र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।

कतारमा रहेका सामाजिक संस्थाहरूले रक्तदानजस्ता मानवीय कार्यलाई प्राथमिकतामा राखेर आयोजना गर्ने यस्ता कार्यक्रममा नेपाली समुदायको सक्रिय सहभागिता र उत्साहजनक उपस्थिति देखिएको छ। यस्ता कार्यले सामाजिक एकता र मानवीय सेवाप्रति प्रतिबद्धता झल्काउँछ।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस