२०८२ फाल्गुन २८ गते बिहिवार | 2026 March 12th Thursday

कतारमा प्रगतिशिल देउसीभैलो कार्यक्रम हुँदै

दोहा, २२ अक्टोबर । प्रवासी भुमी कतारमा नेपालीहरुको महान चाड दिपावलीको पावन अवसरमा प्रगतिशील देउसी भैलो कार्यक्रम भब्य रुपमा हुने भएको छ।

कतार नेपाली एकता समाज कतार अन्तर्गत रक्तिम सांस्कृतिक अभियानको आयोजनामा हुन लागेको उक्त कार्यक्रम आउदो २८ अक्टोबर २०२२ शुक्रबारका दिन सनैया ग्रान्डमल स्थित ग्राम बङगला रेस्टुरेन्टको सभाहलमा हुने भएको छ।
संसारका मजदुर एक हौ। बुर्जुवा संस्कृतिको अन्त्य गरौ।
प्रगतिशील संस्कृतिको विकास गरौ भन्ने मुलमर्मलाई आत्मसाथ गर्दै शुभ  दिपावली -२०२२ को उपलक्ष्यमा  प्रगतिशील देउसी भैलो कार्यक्रम गर्न लागिएको आयोजले ई जानकारी गराएको छ।

नेपालको संस्कार ,संस्कृतिलाई संरक्षण,सम्बर्द्धन तथा प्रबर्द्धन गर्नुपर्छ तर बुर्जुवा संस्कृति नभई नेपाली जनता नेपाल देशको उन्नती प्रगती र एक्काइसौं सताब्दिमा बिश्वमा पहिचान राख्न सक्ने आधुनिक र ब्यबहारिक संस्कृतिको पुनर्स्थापना हुनुपर्ने समेत बताएका छन।कार्यक्रममा मौलिक देउसी भैलो सांस्कृतिक कार्यक्रमले भब्य रुपमा मनोरञ्जन गर्ने आयोजकले बताएको छ।

कतारका विभिन्न क्षेत्रमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरु लगायत सबै जना कार्यक्रममा उपस्थित  भई भरपुर मनोरञ्जन लिन समेत आयोजकले आग्रह गरेको छ।

प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस