२०८३ बैशाख १ गते मङ्गलवार | 2026 April 14th Tuesday

कतारमा जारी एसियन कप फुटबलमा भारत अष्ट्रेलियासँग २–० ले पराजित

दोहा- कतारमा जारी एफसी एसियन कप फुटबलमा अष्ट्रेलियाले भारतलाई हराएको छ।

अहमद बिन अली  रंगशालामा आज भएको पहिलो  खेलमा अष्ट्रेलियाले भारतलाई २–० गोलले हराएको हो।

 

अष्ट्रेलियाका लागि खेलको ५० औँ मिनेटमा ज्याक्सन इर्भिन र ७३ मिनेटमा जोर्दन बोसले गोल गरे ।यो सँगै समूह बी मा रहेको अष्ट्रेलियाले तीन अङ्क जोडेको छ ।

समूह ‘ए’ को खेलमा  आजै ५:३० बजे चीन र ताजिकिस्तान भिड्ने छन् ।खेल अब्दुल्ला बिन खलिफा रंगशालामा हुनेछ।
८:३० बजे समूह ‘बि’ मा रहेका सिरिया र उज्बेकिस्तान बीच प्रतिस्पर्धा हुनेछ ।खेल जसिम बिन अहमद रंगशालामा हुनेछ ।

एसियन कपको १८ औँ संस्करण आयोजना गरेको हो । प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् । २४ देशलाई ६ समूहमा विभाजन गरिएको छ

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस