२०८२ फाल्गुन ३० गते शनिवार | 2026 March 14th Saturday

कतारमा विविध कार्यक्रम सहित ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै

दोहा – कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइने भएको छ ।

कतारमा रहेका नेपाली नारीहरूको सांझा संस्था नेपाली महिला समाजले सामाजिक तथा पुण्यको कार्यक्रमको आयोजना गर्दै नारी दिवस मनाउन लागेको जनाएको छ ।

दिवसका अवसरमा नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा आउँदो शुक्रवार बिहान रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ भने साँझ न्यून आय भएका ५० भन्दा बढी श्रमिकहरूलाई एक छाक भए पनि खाना खुवाउँदै दिवस मनाउने तयारी गरिएको समाजका अध्यक्ष माया केसीले जानकारी दिइन ।

समाजले विगतका दिनहरूमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न सांस्कृतिक तथा सचेतना कार्यक्रम गरेर मनाए पनि यो पटक मुस्लिम धर्मावलम्बीहरूको रमजान परेकाले यस समयमा पुण्यको काम रक्तदान कार्यक्रमको आयोजना गरिएकोले कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक साहित्यिक सङ्घ संस्थासहित दोहावासी सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा उपस्थिति भई दिन समाजले आग्रह गरेको छ ।

रक्तदान कार्यक्रम बिहान ८ बजेबाट दिउँसो १ बजे सम्म चल्नेछ।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस