२०८२ चैत्र २८ गते शनिवार | 2026 April 11th Saturday

कास्की आदर्श समाज कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

दोहा-कास्की आदर्श समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कतारको सरकारी अस्पताल हमदको रक्त सङ्कलन केन्द्रको परिसरमा नेपाली रक्तदाता संघ कतारको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्था प्रमुख तथा सामाजिक अभियन्ता सहित १२६ जना सहभागीहरूको उपस्थिति रहेको थियो । उपस्थित हरु मध्यबाट ५० जनाले रक्तदान गरेका थिए ।

रक्तदान जस्तो पुन्यको कार्यमा उल्लेख्य उपस्थित जनाउने सबै तथा दाताहरूलाई समाजका तर्फबाट देवकोटाले धन्यवाद तथा आभार प्रकट गरेका थिए ।

कार्यक्रम बिहान ८ बजेबाट मध्यान्ह १ बजेसम्म चलेको थियो ।समाजका तर्फबाट रक्तदातालाई कदर पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस