२०८३ जेष्ठ १६ गते शनिवार | 2026 May 30th Saturday

कास्की आदर्श समाज कतारले शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम गर्ने

दोहा-कास्की आदर्श समाज कतारले शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

अंग्रेजी नया बर्ष २०२३ को अवसरमा समाजले शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम गर्ने कास्की आदर्श समाज कतारका अध्यक्ष अग्नि राम देवकोटाले जानकारी दिएका छन।

२७ जनवरी २०२३ शुक्रबारका दिन सनैया स्थित फुलबारी रेष्टुरेन्टमा हुने कार्यक्रममा कतारमा स्थापित सामाजिक,वैचारिक तथा जातीय संघसंस्थाका प्रतिनिधि,पत्रकार,बुद्धिजीवी,समाजसेवी,व्यवसायी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन अध्यक्ष देवकोटाले आग्रह गरेका छन।

“कास्की आदर्शको चाहना,सभ्य र समृद्धि समाजको चाहना”भन्ने मुल नाराका साथ सन २००२ मा स्थापना भएको समाजले कास्की जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको छ।

प्रकाशित मिति : २०७९ माघ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस