२०८३ बैशाख २७ गते आइतवार | 2026 May 10th Sunday

कोसी प्रदेश समन्वय परिषदद्वारा सांस्कृतिक तथा बनभोज कार्यक्रम सम्पन्न

दोहा-कोसी प्रदेश समन्वय परिषद,कतारको आयोजनामा बृहत ”Winter outdoor festival 2023″ सम्पन्न कार्यक्रम भएको छ।     

संस्थाका अध्यक्ष चुडामणि कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली नियोग प्रमुख डाक्टर नरेश बिक्रम ढकाल को प्रमुख आतिथ्यता रहेको थियो।   

नौ वटा जिल्ला संस्थाहरुको समन्वय रहेको कोसी प्रदेशमा दोहामा रहेका बिभिन्न संस्था प्रमुख तथा प्रतीनिधीहरुको उपस्तिथी रहेको थियो।     

कार्यक्रममा नियोग प्रमुख ढकालले जसरि कोसी प्रदेश नदिको नामबाट राखिएको छ त्यसरि नै त्यहाँका मानिसहरु नदी जस्तै निस्वार्थ भएर सामाजिक हुन भन्दै यहाँ सिकेको अनुभबलाई नेपालामा पनि लागु गर्न अनुरोध गरे।

दुर्गा प्याकुरेलको स्वागत मन्तव्य र लुना खतिवडाको नृत्य बाट शुरु भएको कार्यक्रममा चर्चित गायिका रचना रिमालले दर्शकलाई भरपुर मनोरन्जन दिएकी थिईन।

स्थानिय कलाकारहरुको पनि दमदार प्रस्तुती रहेको कार्यक्रममा गौतम तामाङ्,मान बहादुर थापा मगर्, मनिश गोस्वामि,बिरेन्द्र श्रेष्ठ ,प्रेम राई सुर्जे तामाङ आदिले आफ्नो प्रस्तुती दिएर दर्शक नचाएका थिए भने लुना खतिवड,रेस्मा प्याकुरेल, शान्ति ओलि,शृस्टी लामा आदिले आफ्नो नृत्य देखाएर कार्यक्रमको रौनक  बढाएका थिए ।सहभागि सम्पुर्ण कलाकारहरुलाई कदर पत्रले सम्मान गरीएको थियो ।

कार्यक्रममा नेपाल बाट आएकी अतिथी कलाकार रचना रिमालले एक दर्जन भन्दा बढी गितमा आफ्नो प्रस्तुती दिएकी थिईन।”तिमी त पोखरेली” बाट गाउन शुरु गरेकी रिमालाले दर्शक लाई भर्पुर मनोरन्जन दिएकी थिईन। उनका हरेक गितमा दर्शक स्टेज सम्म आएर नाचेका थिए ।

कार्यक्रममा सहभागि जिल्ला संस्थालाई कदर – पत्र समेत प्रदान गरिएको थियो।कार्यक्रमका सभापती कार्कीले  कार्यक्रम सम्पूर्ण कोसी प्रदेशको भएकाले सबैको साथ र सहयोग सधै रहने मा ढुक्क रहेको बताए।

सांस्कृतिक कार्यक्रममाको संम्योजन तर्फ रबिन मगर र निरन नेपालले कार्यक्रमको सन्चालन गरेका थिए।

प्रकाशित मिति : २०७९ चैत्र ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस