२०८२ चैत्र २९ गते आइतवार | 2026 April 12th Sunday

“गजल”-आफै डाक्टर आफै धामी तिम्रो सहरमा

आफै डाक्टर आफै धामी तिम्रो सहरमा
सबै मायाकै रहेछन् बिरामी तिम्रो सहरमा

आखिर यो कस्तो अनौठो प्रेम रहेछ तिम्रो
कोही छन् जन्ती क्वै मलामी तिम्रो सहरमा

समीप बस्दा राम्रो, टाढा बस्दा भए नराम्रो
हजारौं हजार भेटेँ प्रतिगामी तिम्रो सहरमा

अन्धकारमा हराएको एकल यात्री थिएँ म
कसैको प्रेमले बनायो नामी तिम्रो सहरमा

लुट्नु लुटे “योगीलाई” नै झुटो प्यार देखाई
जसोतसो बाँच्दैछ मुटु छामी तिम्रो सहरमा

प्रकाश पाठक “योगी”
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

 

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस