२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

गायक राजेश पायल राई कतार आउदै

दोहा-गायक राजेश पायल राई कतार आउने भएका छन।

नेपाल तामाङ घेदुङ कतार शाखाले आयोजना गरेको “मन्जु श्री २८६० (डुक ल्हो / मु पुखी वर्ष ) ल्होछार कन्सर्टका २०२४ का लागी गायक राई कतार आउने भएका हुन।

भ्वाइस अफ नेपालका कोच समेत रहेका चर्चित गायक राईसंगै इन्द्रेणी कार्यक्रमको चर्चित लोकदोहोरी तथा मेहेन्दोमाया गायिका मनमाया वाईवा तामाङ, तामाङ सेलो गायिका रेश्मा बम्जन तामाङ साथमा गायक उमंग तामाङ पनि कतार आउने आयोजकले बिहिवार साझँ एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

१६ फेब्रुअरी दोहाको अल अरबी स्पोर्ट्स क्लबमा हुने कार्यक्रमको लागि ५०, ७५, १०० र ५०० कतारी रियल गरि ४ तहका टिकट शुल्क निर्धारण गरिएको छ।बिहान ११ बजे गेट खुल्ने र साढे १२ बजेदेखि चाहि कार्यक्रम सुरु हुने बताएको छ।
टिकट पाउन सहज होस भन्ने उदेश्यले आयोजकले अनलाईन टिकट सेवा समेत उपलब्ध गराएको जानकारी दिएको छ । अनलाईन टिकट http://www.q-tickets.comबाट सजिलै संग लिन सकिने छ ।
टिकट होल्डरहरुका लागि कतारका विभिन्न स्थानबाट यातयातको समेत व्यवस्थापन गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस