२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

गुल्मीका पत्रकार सुनार कतारमा सम्मानित

दोहा– कतारमा रहेर पत्रकारिता गरिरहेका  गुल्मीका दर्शन सुनार कतारमा सम्मानित भएका छन।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेर पनि पत्रकारिता गरिरहेका सुनारलाई नेपाल मगर संघ, शाखा कतार (केन्द्रिय समिति) को १६औं महाधिवेशन तथा २५औं वार्षिकोत्सब कार्यक्रममा नगद सहित सम्मान गरिएको हो।

शुक्रबार फुलबारी रेष्टुरेन्टको सभाहलमा संघका अध्यक्ष रेशम आले मगर तथा प्रमुख अतिथी नेपाली राजदुतावासका प्रथम सचिव कृष्ण कुमार सुबेदीले दोसल्ला ओढाएर संघले आयोजना गरेका हरेक गतिविधीमा सञ्चारको माध्यमबाट अतुलनीय योगदान पुर्याएको भनी नगद ३७ हजार रुपैया र सम्मानपत्रले सुनारलाई सम्मान प्रदान गरेका थिए l

कलम र फोटोग्राफीको मेहनतलाई सम्मान योग्य सम्झेर नगद सहितको सम्मानले थप जिम्मेवारी सहित पत्रकारीतामा मेहनत गर्न ऊर्जा मिलेको बताएका छन।

सुनार विगत २ बर्ष देखी पत्रकारीतामा सक्रिय रहेका छन। हाल उनी लोकप्रिय दैनिक पत्रिकाका लागी कतार सवांददाताका रुपमा कार्यरत रहेका छ्न ।

उनी कतारमा स्थापीत सामाजिक संस्था गुल्मी सेवा समाज कतारका बर्तमान कार्यसमितीका उपाध्यक्ष समेत हुन ।

 

प्रकाशित मिति : २०८२ असार १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस