२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

गुल्मी सेवा समाज कतारले बृहत बनभोज तथा  सांस्कृतिक कार्यक्रम गर्ने

दोहा-गुल्मी सेवा समाज कतारले बृहत बनभोज तथा  सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।

गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृति अक्षयकोष स्थापनाका लागि सहयोगार्थ समाजले वृहत बनभोज तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो।

वैदेशिक रोजगारीको लागि आएका जिल्लावासीसँग समधुर सम्बन्ध कायम गर्नको लागि आगामी १७ मार्च २०२३ का दिन अल दोसरी पार्कमा हुने कार्यक्रममा समाजले चर्चित लोक दोहोरी  गायक,गायिका चर्चित मोडेल तथा डान्सर,हास्यकलाकार लगायतका कलाकारहरु ल्याउने तयारी गरेको छ।साथै कतारमा रहेका स्थानीय कलाकारहरुको समेत  बेजोड प्रस्तुतिहरु रहने समाजले जनाएको छ।

कतारलाई कर्मभूमि बनाएका गुल्मेली दाजुभाइ दिदि बहिनिहरूलाई समाजले आयोजना गरेको कार्यक्रममा सहभागी भई यो पबित्र महान अभियानमा सहयोग गर्न समेत जिल्लावासीहरुलाई समाजले आह्वान गरेको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस