२०८३ बैशाख २७ गते आइतवार | 2026 May 10th Sunday

गोरखा सेवा समाज कतारले १९औं स्थापना दिवस मनाउदै

दोहा-गोरखालीहरुको साझा सामाजिक संस्था गोरखा सेवा समाज कतारले१९औं स्थापना दिवस मनाउने भएको छ।

गोरखा सेवा समाज कतारले बरिष्ठ योग विशेषज्ञ एवम् उत्प्रेरक डाक्टर राजु अधिकारीको सहजीकरणमा प्रवासको जीवन र जीवनशैली सगँ सम्बन्धित उत्प्रेरणात्मक कार्यक्रम गरेर १९औं स्थापना दिवस मनाउने भएको हो।
कतारको ग्रान्ड मल स्थित सेन्चुरी रेस्टुरेन्टको सभाहलमा आगामी २३ डिसेम्बर शुक्रबारका दिन कार्यक्रमको आयोजना गरिएको गोरखा सेवा समाज कतार अध्यक्ष रामजी खत्रीले जानकारी दिए।
“तन,मन,बचनले सेवा गरौ”भन्ने मुल नाराका साथ कतारमा सन २००३ देखी स्थापना भएको समाजले विभिन्न सामाजिक, मानवीय र परोपकारी कार्य साथै पृथक कार्यक्रमहरु गर्दै आएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस