२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

झापाली समाज कतारद्वारा गायक प्रमोद खरेललाई सम्मान

दोहा-झापाली समाज कतारले गायक तथा संगीतकार प्रमोद खरेललाई सम्मान गरेको छ ।

लालीगुराँस रेस्टुरेन्ट एक कार्यक्रमको आयोजना गरि समाजले खरेललाई सम्मान गरेको हो ।

कतार भ्रमणमा रहेका गायक खरेललाई सम्मान पत्रसहित मायाको चिनो प्रदान गरिएको थियो।

समाजका अध्यक्ष केशव  कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गायक खरेलकै प्रमुख आतिथ्यता रहेको थियो भने समाजका  संरक्षक  चुडामणि कार्की, प्रमुख सल्लाहकार भवानी कोइराला,लगायतको आतिथ्य रहेको थियो।

कार्यक्रममा सयौं झापाली दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।

समाजका उपाध्यक्ष चानीलाल राजवंशीले  स्वागत गरेको कार्यक्रमको संचालन महासचिव बिजय मगरले गरेका थिए।
कतारमा सन २००४ मा स्थापना भएको समाजले विभिन्न सामाजिक तथा परोपकारी कामहरु गर्दै आएको छ।

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस