२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

नेपाललाई विश्वभर चिनाउन कतार एक्स्पो २०२३ मा नेपाल पेभिलियनको उद्घाटन

दोहा – नेपालसहित ८८ देश भन्दा बढीको सहभागिता रहको कतार एक्स्पो २०२३मा नेपाल पेभिलियनको औपचारिक रूपमा उद्घाटन गरिएको छ।

अल बिद्दा पार्कमा जारी एक्सोमा रहेको नेपाली पेभिलियनको नेपाली राजदुतावास कतारका महामहिम डाक्टर नरेश बिक्रम ढकालले एक कार्यक्रमका बिच सोमबार साँझ उद्घाटन गरेका हुन ।

नेपाल सरकार नेपाली राजदुतावास दोहा कतार,निर्यात व्यवसायी महासंघ तथा नेपाल व्यवसायी संघ कतार प्रर्वद्धक रहेको कतार एक्स्पो २०२३ मा  नेपालमा उत्पादित नेपालि चिया,जडीबुटी हर्वल, अलैची,अदुवा,नेपालमा बनेको कपडा,जुत्ता लगायतका वस्तुहरु राखिएका छन।

उद्घाटन कार्यक्रममा गैर आवासीय नेपाली संघ कतारको संयोजनमा नेपाललाई विश्वभर चिनाउन नेपाली संस्कृति,झल्काउने भेषभुषा,पहिरन,हलो,डोको,नाङलो र पन्चेबाजा सहित झाकीहरु प्रस्तुत गरिएको थियो।

एक्स्पो अवधीभर एनसीसी कतारको संयोजनमा बिभिन्न कलाकारहरुको साँस्कृतिक प्रस्तुति रहनेछन ।

हरियो मरुभुमी राम्रो वातावरणको नाराका साथ अल बिद्दा पार्कमा जारी प्रदर्शनीमा आधुनिक कृषि सम्बन्धि एक्स्पो मध्यपूर्व तथा उत्तर अफ़्रिकि क्षेत्रमा नै पहिलो पटक कतारले आयोजना गरेको हो ।

सन् २०२४ को मार्च २८ सम्म चल्ने एक्स्पोमा  विश्वभरबाट तीस लाख पर्यटक कतार आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस