२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

नेपाली दुताबास कतार कुनै पाटीको हैन-पुर्ब पररास्ट्र मन्त्री महत

दोहा-पुर्ब पररास्ट्र मन्त्री  प्रकाश शरण महतले नेपाली दुताबास कतार कुनै पनि पाटीको नभएको बताएका छन।

नेपाली दुताबास कतार नेपाल सरकारको प्रतिनिधित्व गर्ने संस्था भएको  उनले बताए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको एघारौं एकता महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री महतले आधिकारिक एनआरएनए को कार्यक्रममा सहभागी नभएकोमा नेपाली दूतावास कतारको अनुपस्थितिप्रति दुःख व्यक्त गरेका छन।

उनले दूतावासलाई  कुनै पाटिगत आग्रह,पुवाग्रह नराखन आग्रह गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई फुटबाट जोगाएर एकता कायम राख्नुपर्नेमा जोड दिए ।

उनले अन्तर्राष्ट्रिय स्तरमा एनआरएनए विभाजन देखिए पनि कतारमा विभाजन हुनु दुर्भाग्यपूर्ण भएको र त्यसलाई अन्त्य गर्न सबै पक्ष लाग्नुपर्ने बताए ।

उनले खाडी मुलुकमा कार्यरत नेपालीहरूको योगदान सबैभन्दा महत्त्वपूर्ण रहेको बताउदै विदेशमा रहेका नेपालीहरूले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीका लागि सरकारले थप सोच्नुपर्ने बताए ।

एनआरएनए कतारमा कृष्ण पन्थीको अध्यक्षतामा ३३ कार्य समिति सर्वसम्मत चयन भएका छन् ।

प्रकाशित मिति : २०८२ साउन ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस